एभरेस्ट महिला भलिबल लिग पुनः सुरु हुँदै, अब खेल काठमाडौँमा

काठमाडौँ,कात्तिक १८ गते ।
रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग आगामी कार्तिक २६ देखि २९ गतेसम्म पुनः सुरु हुने भएको छ। गत भदौ २३ र २४ गतेका जेंजी आन्दोलनका कारण स्थगित खेलहरू अब राजधानी काठमाडौँमा सम्पन्न गरिने भएका हुन्।

मंगलबार आयोजक संस्था इन्फिनिटी डिम्सी प्रा. लि. ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता पुनः सञ्चालनको मिति र स्थल परिवर्तनबारे जानकारी गराएको हो। विज्ञप्तिमा भनिएको छ, “असहज परिस्थितिका कारण रोकिएको प्रतियोगिता अब सुरक्षित वातावरणमा काठमाडौँमा सम्पन्न गर्न तयारी तीव्र रूपमा भइरहेको छ।”

यसअघि लिगको दोस्रो संस्करण पोखरामा सञ्चालन भइरहेको थियो। तर, स्थानीय जेंजी आन्दोलन र सुरक्षासम्बन्धी कारणले खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको थियो। अब भने लिगका बाँकी खेलहरू काठमाडौँमा सम्पन्न गरिने र फाइनल खेल भव्य समारोहका साथ आयोजना गरिनेजनाइएको छ।

आयोजकका अनुसार खेल पुनः सुरु गर्नका लागि आवश्यक पूर्वतयारी, खेल तालिका पुनः निर्धारण र सहभागि टिमहरूको व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ। खेलप्रेमी र समर्थकलाई नयाँ उत्साहका साथ उपस्थित हुन आयोजकले आग्रह गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ