‘समृद्धि खुला महिला बास्केटबल’ प्रतियोगिता बुधबारदेखि सुरु

काठमाडौं,कात्तिक १८ गते ।
एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा बुधबार (कात्तिक १९ गते)देखि ‘समृद्धि खुला महिला बास्केटबल प्रतियोगिता’ सुरु हुने भएको छ। मंगलबार (कात्तिक १८ गते) आयोजित पत्रकार सम्मेलनमार्फत एन्जल्स हार्टले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

प्रतियोगिता दुई विधामा हुनेछ — सिनियर र जुनियर (यू–१६)। सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछन्।

सिनियरतर्फको विजेताले रु. ४० हजार, दोस्रोले रु. २० हजार र तेस्रो स्थान प्राप्त टोलीले रु. १० हजार पुरस्कार पाउनेछन्।
जुनियरतर्फ भने सम्पूर्ण सहभागी खेलाडीलाई मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।

सिनियर समूहमा जेभियर इन्टरनेसनल कलेज, साईपाल एकेडेमी, ट्रेनिङ ग्राउन्ड स्पोर्ट्स र ग्रान्डी स्टार गरी चार टोली प्रतिस्पर्धामा रहनेछन्।
जुनियरतर्फ मेरिडियन स्कुल, आरईबीएस, भ्याली पब्लिक स्कुल र स्वर्णिम स्कुल गरी चार विद्यालयले सहभागिता जनाउने छन्।

आयोजकका अनुसार प्रतियोगितामार्फत महिला खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण र अवसर प्रदान गर्दै महिला खेलकुदको विकासमा टेवा पुगोस् भन्ने उद्देश्य लिइएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ