
काठमाडौं, कार्तिक १६ गते।
रोटरी क्लब अफ हिमालयन गोल्फर्स (आरसिएचजी) द्वारा आयोजना गरिएको ‘गोल्फ फर अल’ प्रतियोगिता शनिबार गोकर्णा फरेस्ट रिसोर्ट गोल्फ क्लबमा सम्पन्न भएको छ। उक्त प्रतियोगिता नेपालमा उदाउँदै गरेका महिला गोल्फ खेलाडीहरूको प्रतिभा विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
उक्ता प्रतियोगिताको उत्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हा खेल्नु भयर सुरुवात गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सत्यज्योत राणा ४४ स्टेबलफोर्ड अंकका साथ समग्र विजेता बनेका छन्। रोविन राणा ३६ अंकसहित उपविजेता बने भने फुन्तसोक एन. लामा ३५ ग्रस स्कोरसहित ‘बेस्ट ग्रस अवार्ड’ र ६ वटा बर्डी प्रहार गर्दै ‘मोस्ट बर्डिज अवार्ड’का विजेता बने।
६० वर्ष माथिको वर्गमा मंगोलियाका मानार्थ कन्सुल टि. जी. श्रेष्ठ ३१ अंकका साथ पहिलो भए भने अनिरुद्ध सिंह २९ अंकसहित दोस्रो स्थानमा रहँदै ट्रफी हात पार्न सफल भए।
महिला वर्गमा ‘गोल्फ फर अल’ छात्रवृत्ति प्राप्त अवनी राई ३२ अंकसहित विजेता बनिन् भने सम्झना खत्री ३१ अंकसहित दोस्रो भइन्।

रोटेरियन वर्गमा रविन्द्र तिवारी विजेता बने, जबकि विपना श्रेष्ठ ले ‘क्लोजेस्ट टु द पिन’ र सोम गुरुङ ले ‘लङ्गेस्ट ड्राइभ’ पुरस्कार प्राप्त गरे।
स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप ढाँचामा १८ होलमा सम्पन्न प्रतियोगितामा ८ जना महिला सहित जम्मा १०३ जना गोल्फरले सहभागिता जनाएका थिए।

पुरस्कार वितरण समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हा, आरसिएचजीका अध्यक्ष मेजर दमन बहादुर घले, टासी घले लगायतका विशिष्ट अतिथिहरूले विजेताहरूलाई सम्मान गरेका थिए।
प्रतियोगिताका प्रमुख दाताहरूमा सेवानिवृत्त विजय बहादुर श्रेष्ठ, पूर्ण शाक्य, चार्टर अध्यक्ष भाइ राजा पाण्डे, र सेवानिवृत्त तेज राई (एयर डाइनेस्टी) रहेका थिए।
विशेष पुरस्कारहरूमा बीवाईडी होल-इन-वन कार, दुबईका लागि दुई राउन्ड-ट्रिप टिकट, युरोपका लागि एक राउन्ड-ट्रिप टिकट, र सिंगापुरको हवाई टिकट लिलामी गरिएको थियो।

कार्यक्रमलाई शिखर इन्स्योरेन्स, भाटभटेनी सुपरमार्केट, सुमित एयर, फिस्टेल एयर, मातृका आई, स्टार एलायन्स, हार्भेस्ट मुन, र बिवाइडी नेपाल ले प्रायोजन गरेका थिए।
