
काठमाडौँ, कात्तिक १६ गते।
राजधानी काठमाडौँमा शनिबार सम्पन्न १७औँ संस्करणको काठमाडौँ म्याराथन मा सुनील कुमार शाहीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका छन्। उनले २ घन्टा २४ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। यो जितसँगै शाहीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

विनोद रोक्का २ घन्टा २५ मिनेट २६ सेकेन्ड समयसहित उपविजेता बने भने करण रावल ले २ घन्टा २६ मिनेट ४२ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान प्राप्त गरे। रोक्काले ५० हजार रुपैयाँ र रावलले २५ हजार रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गरे।
हाफ म्याराथनमा सञ्जय श्रेष्ठ र सुनसरी रोकायाको विजय
हाफ म्याराथन (२१.१ किमी) तर्फ पुरुषतर्फ सञ्जय श्रेष्ठ ले १ घन्टा १० मिनेट १९ सेकेन्डको समय निकाल्दै विजेता बने।
नरेन्द्र सिंह १ घन्टा १० मिनेट ५९ सेकेन्डमा दोस्रो र राजन मियोङ्बा १ घन्टा ११ मिनेट २२ सेकेन्डमा तेस्रो भए।
महिला हाफ म्याराथनमा सुनसरी रोकाया ले १ घन्टा ३३ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै च्याम्पियन बनिन्।
फुलमती राना १ घन्टा ३३ मिनेट २२ सेकेन्डमा दोस्रो र गीता महर्जन १ घन्टा ५४ मिनेट ३४ सेकेन्डमा तेस्रो स्थानमा रहिन्।
मास्टर्स वर्गमा पनि कडा प्रतिस्पर्धा मास्टर्स म्याराथन विधाअन्तर्गत:४० प्लस : केश जङ्ग आले ५० प्लस : धर्म महर्जन६० प्लस : अभी नारायण अधिकारी विजेता घोषित भए।

हाफ म्याराथनतर्फ: ४० प्लस : नादी शेर्पा५० प्लस : धवेन्द्र ताम्राकार
विजेता बने। १० र ५ किलोमिटरमा युवा खेलाडीको उत्साह
१० किलोमिटर पुरुषतर्फ विवेक सुनुवार ले पहिलो स्थान हासिल गरे भने महिला तर्फ पूर्णलक्ष्मी न्यौपाने विजेता बनिन्।
पुरुष मास्टर्सतर्फ सुनील महर्जन र महिला मास्टर्सतर्फ कल्पना महर्जन ले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाले।
५ किलोमिटरको छोटो दूरीमा पुरुषतर्फ नागेश्वर अहिर र महिलातर्फ प्रतिष्ठा थापा विजेता बने।
काठमाडौँ म्याराथन देशकै प्रतिष्ठित दौड प्रतियोगितामध्ये एक मानिन्छ, जसले स्वास्थ्य, सहनशीलता र खेलकुद संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

