कराते स्टार एरिका सम्मानित


काठमाडौं, कात्तिक १५ गते ।
काठमाडौं । नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् ।
मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरुप एरिकालाई नगद ५० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहकलगायतको उपस्थिति थियो ।
एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ