नेपाल बक्सिङ फेडरेसनद्वारा आयोजित ट्यालेन्ट हन्ट सिजन दुई बक्सिङ प्रतियोगिता २०२५’ सम्पन्न — आर्मीको दबदबा

काठमाडौं, कार्तिक १४ गते।
नेपाल बक्सिङ फेडरेसनद्वारा आयोजित ट्यालेन्ट हन्ट सिजन दुई बक्सिङ प्रतियोगिता २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म चलेको उक्त प्रतियोगितामा देशभरका विभिन्न क्लब र संघसंस्थाका खेलाडीहरूले सहभागीता जनाउँदै रोमाञ्चक प्रतिस्पर्धा प्रस्तुत गरेका थिए।
महिला तर्फ आर्मी ‘बी’ टोलीको एकछत्र प्रदर्शन


महिला वर्गमा त्रिभुवन आर्मी क्लब ‘ए’ र ‘बी’ टोलीका खेलाडीहरूले प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा दबदबा जमाए।
५१ केजी तौल समूहमा रमिशा श्रेष्ठ (आर्मी–बी) ले लल्लु माया क्षेत्रीलाई ५–० को एकतर्फी नतिजामा पराजित गर्दै उत्कृष्ट सुरुवात गरिन्।
त्यस्तै, ५४ केजीमा बर्षा श्रेष्ठ (आर्मी–बी) ले सुमिना खड्कालाई ५–० ले हराइन्।
६० केजीमा बिमला श्रेष्ठ (आर्मी–बी) ले सुस्मिता राईलाई समान ५–० ले पराजित गर्दै विजयी भइन्।
६५ केजीमा कुसुम तामाङ (आर्मी–बी) ले निरु गुरुङलाई ५–० ले हराउँदै आफ्नो टिमलाई अर्को स्वर्ण थपिन्।
पुरुषतर्फ पनि रोमाञ्चक भिडन्त


पुरुष वर्गका प्रतिस्पर्धा पनि उत्तिकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहे।
५५ केजी तौल समूहमा नेपाल प्रहरीका चन्द्र ब. थापा ले झापाका फुङ्लाङ क्याम्बाङलाई ५–० को फराकिलो नतिजामा जिते।
६० केजीमा त्रिभुवन आर्मी क्लबका खगेन्द्र रोका मगर ले एपीएफका विक्रम परियारलाई ४–१ ले पराजित गर्दै विजयी भए।
७० केजीमा एपीएफ–बीका विक्रम चौधरी ले प्रसान थापालाई ३–२ को नजिकको नतिजामा जिते।
८० केजीमा आर्मीका दिपक श्रेष्ठ ले आफ्नै टोलीका गेश कुमार श्रेष्ठ (आर्मी–बी) लाई ४–१ ले हराए।
९० केजीमा मदन कार्की (आर्मी–बी) ले मोहन राज जोशीलाई ५–० ले पराजित गरे भने,
९० केजी माथिको तौल समूहमा आशिष दुवाडी (आर्मी–बी) ले पवन मोक्तानलाई ५–० को क्लिन स्वीपमा हराउँदै आफ्नो टोलीको वर्चस्व झल्काए।


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक विशेष समारोहबीच पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।


नेपाल बक्सिङ फेडरेसनका वरिष्ठ अध्यक्ष राम आवालेले प्रतियोगिताको बारेमा टिप्पणी गर्दै भने,


“ट्यालेन्ट हन्ट सिजन–२ ले देशभरका प्रतिभाशाली खेलाडीहरूलाई पहिचान गर्न ठूलो योगदान दिएको छ। विशेषगरी महिलातर्फ आर्मी टोलीको निरन्तर उत्कृष्ट प्रदर्शनले महिला बक्सिङको स्तर नै उकासिएको देखिन्छ। आगामी वर्षहरूमा यी खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्षम हुने विश्वास लिएको बताएताकाछन।”
निर्णायकहरूको भूमिका
प्रतियोगिताभर धनकुमार मैनाली, रामचन्द्र थापा मगर, राजकुमार महर्जन, सन्तोष आले मगर, र अनुराधा लामा लगायतका अनुभवी रेफ्री तथा निर्णायकहरूले खेललाई निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गरे।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ