कप्तानीमा डेब्यू गर्दै ब्रेसवेल

अलराउन्डर माइकल ब्रेसवेलले पाकिस्तानविरुद्धको आगामी टी–२० शृंखलामा न्यूजिल्यान्डको कप्तानी गर्ने भएका छन्। गत वर्ष चोट बोकेपछि ब्रेसवेल यही शृंखलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किनेछन्।

न्यूजिल्यान्ड क्रिकेट बोर्डले बुधबार पाकिस्तानविरुद्धको टी–२० शृंखलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ। अनक्याप्ड खेलाडी टिम रोबिन्सन पनि टोलीमा परेका छन्। 

न्यूजिल्यान्डले ट्रेन्ट बोल्ट, डेभन कोन्वे, लोकी फर्गुसन, म्याट हेनरी, डेरिल मिचेल, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर र केन विलियमसन जस्ता खेलाडीहरुलाई टोलीमा समावेस गरेको छैन किनभने उनीहरू इन्डियन प्रिमियर लिग (आईपीएल)मा व्यस्त छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ