संकटा क्लबको महिला फुटबल टिम निर्माण

शहीद स्मारक ए डिभिजन लिग क्लब संकटाले महिला फुटबल टिम निर्माण गरेको छ । शीर्ष लिग खेल्ने योजनासहित क्लबले महिला टिम बनाएको संकटा क्लबका सचिव तथा क्लबको ग्रासरुट एण्ड युथ डेभलपमेन्ट कोअर्डिनेटर आशिषमान सिंहले जानकारी दिए ।

संकटा विभागीय बाहेक ए डिभिजन लिग खेल्ने क्लबहरुमध्ये महिला टिम निर्माण गर्ने पहिलो क्लब समेत बनेको छ ।महिला टिमको प्रशिक्षण सुरू भएको चार दिन भयो । पुरुष टिमकै प्रशिक्षक रविन्द्र शिलाकारले नै महिला टिमलाई प्रशिक्षण दिइरहेका छन् । उनलाई अजय महर्जनले सघाइरहेका छन् । संकटाको महिला टिममा हाल २५ खेलाडी छन् । उनीहरूले टुँडिखेलमा प्रशिक्षण गरिरहेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ