नेपाली महिला राष्ट्रिय फुटबलकि चर्चित खेलाडी प्रिती राई सम्मानित भएकी छिन्।बौद्ध रामहिटीस्थित श्री नव जागृति माध्यामिक विद्यालयले बुधवार रामनगर पार्टी प्यालेसमा आफ्नो स्थापनाको २५ औ वर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ती मनाउने क्रममा सम्मान उनलाई गरेको हो।

काठमाण्डौ क्षेत्र न ३ का प्रतिनिधी सभाका सदस्य माननीय सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रितीलाई फुटबलको माद्यमबाट देशको नाम संसारभर चिनाउन अहम भूमिका निर्वाह गरेकाले उनलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।
