भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा नेपालले बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ।
जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्र बनायो। बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाउदा कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए भने बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाएका थिए ।
