स्याङ्जामा सम्पन्न खुला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि गल्याङ–७ लाई

स्याङ्जा, असोज २३  गते ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ स्थित आलमदेवीमा सम्पन्न खुला वडा स्तरीय भलिबल प्रतियोगितामा गल्याङ–७ को टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। प्रतियोगिताको आयोजना आलमदेवी बहुउद्देश्यीय ग्रामिण सेवा परिवारले गरेको थियो।

गण्डकी प्रदेश भलिबल टिमका कप्तान सञ्जु विक्रम शाहीको कप्तानीमा रहेको गल्याङ टिमले फाइनल खेलमा वालिङ–१२ लाई सोझो सेटमा २५–१४, २५–२०, २५–२० को अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

पुरस्कार तथा सम्मान

उपाधिसँगै गल्याङ–७ ले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।
उपविजेता बनेको वालिङ–१२ ले ८० हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र हात पायो।

त्यसैगरी, प्रतियोगितामा तेस्रो स्थान (तृतिय) प्राप्त आयोजक टिमले ४० हजार रुपैयाँ, र सान्त्वना स्थान हासिल गरेको कालीगण्डकी–३ ले २० हजार रुपैयाँ प्राप्त गरेका छन्।

व्यक्तिगत विधामा उत्कृष्टहरू

प्रतियोगितामा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिएको छ:

सर्वोत्कृष्ट खेलाडी (MVP): सञ्जु विक्रम शाही

उत्कृष्ट सेटर: देवेन्द्र परियार

लिब्रो (डिफेन्स): राजन दर्लामी

स्पाइकर: उमेश सेन्चुरी

ब्लकर: दिपसन ठकुरी

राइजिङ प्लेयर: असीम राना

प्रतियोगितामा आठ टिमको सहभागिता

असोज १७ गतेदेखि सुरु भएको प्रतियोगितामा स्याङ्जा र पर्वत जिल्लाका जम्मा ८ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताले ग्रामीण क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

यस भलिबल प्रतियोगितामार्फत स्थानिय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान हुनुका साथै खेल क्षेत्रमा रुचि भएका युवाहरूलाई प्रोत्साहन भएको आयोजकहरूको भनाइ छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ