एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ, दुवै खेल भियतनाममै हुने

काठमाडौँ, असोज २० गते।
एएफसी एसियन कप २०२७ को छनोट तेस्रो चरणअन्तर्गत भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सोमबार विशेष कार्यक्रमकाबीच बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फा को आयोजनामा सम्पन्न कार्यक्रममा टोलीप्रति सफलताको शुभकामना व्यक्त गरिएको थियो।

समूह ‘एफ’ मा रहेको नेपालले अक्टोबर ९ र अक्टोबर १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्नेछ। दोस्रो लेग काठमाडौँस्थित दशरथ रङ्गशालामा हुने तय भए पनि उक्त रङ्गशाला एएफसीको मापदण्ड अनुसार अयोग्य ठहरिएपछि दुवै खेल भियतनाममै खेल्न लागिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली टोलीलाई हौसला प्रदान गर्दै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे।
उनले भने,
“हाम्रो राष्ट्रिय टोलीले पछिल्ला केही खेलमा चुनौतीपूर्ण अनुभव खेपेको भए पनि खेलाडीहरूमा क्षमता छ। देशको प्रतिष्ठा बोकेर जाने भएकाले हारजितको चिन्ता होइन, मैदानमा प्रतिबद्धता र आत्मविश्वासका साथ उत्रनु महत्त्वपूर्ण छ। हामी सम्पूर्ण देशवासीको तर्फबाट सफलताको शुभकामना दिएकाछन्।”


अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूले पनि खेलाडीहरूको तयारीप्रति विश्वास व्यक्त गर्दै समर्पित प्रदर्शनको अपेक्षा गरेका छन्।
एन्फाका कार्यबाहाक महासचिव भने,

“छनोटको यो चरण कठिन छ, तर हामीले युवा र अनुभवी खेलाडीहरूको संयोजनसहित राम्रो टोली तयार पारेका छौँ। प्रशिक्षक र टोलीले गम्भीर तयारी गरेका छन्, अब त्यो मैदानमा देखाउनु मात्र बाँकी छ भनेछन् ।”

अन्तिम टोलीको घोषणा

टोलीका मुख्य प्रशिक्षक म्याट रसले आइतबार अन्तिम २३ सदस्यीय खेलाडीको घोषणा गरेका थिए। बन्द प्रशिक्षणमा रहेका ३३ खेलाडीको सूचीबाट छानेर अन्तिम टोली तयार गरिएको हो।

नेपालको हालसम्मको प्रदर्शन

समूह ‘एफ’ अन्तर्गत नेपालले हालसम्म दुई खेल खेलेको छ। लाओससँग २–१ र मलेसियासँग २–० को हारसँगै नेपाल हाल अङ्क तालिकाको पुछारमा रहेको छ। अब हुने भियतनामविरुद्धका खेलहरू नेपालका लागि निर्णायक बन्नेछन्। समूहको शीर्ष स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपमा स्थान बनाउनेछ।

नेपाली टोलीको सूची

गोलरक्षक:

किरणकुमार लिम्बु (कप्तान)

विशाल सुनार

दीप कार्की

रक्षक (डिफेन्डर):

अनन्त तमाङ

एरिक विष्ट

दिनेश हेन्जन

जिलेस्पी जङ कार्की

रोहित चन्द

मध्यपंक्ति (मिडफिल्डर):

अभिषेक लिम्बु

कुशल देउवा

लाकेन लिम्बु

मणिकुमार लामा

सुमित श्रेष्ठ

सुमन श्रेष्ठ

कृतिकरत्न छुन्जु

योगेश गुरुङ

सुवास ठकुरी बम

आक्रमणकर्ता (फरवार्ड):

अञ्जन विष्ट

आयुष घलान

विमल पाण्डे

मनिष डाँगी

रोहन कार्की

सनिश श्रेष्ठ
नेपाली टोलीले भियतनामविरुद्ध उच्च मनोबलका साथ प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। यद्यपि, पछिल्ला दुई हारपछि टोलीमाथि थप दवाव देखिएको छ। प्रशिक्षक रसले नयाँ खेल योजना र रणनीतिका साथ टोलीलाई तयारी गराएको बताइएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ