नेपाल लोकतान्त्रिक खेलकुद संघले सबै खेलकर्मीलाई उद्धारमा खटिन अपील


काठमाडौं, असोज १९ गते ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले सबै खेलकर्मीलाई उद्धारमा खटिन अपील गरेका छन्।गत शुक्रबार देखि नेपालका विभिन्न जिल्लामा अविरल वर्षाका कारण नेपाली नागरिकहरूले विपदको सामना गर्नु परिरहेको छ।
जल तथा मौसम विज्ञान विभागले देशका १७ जिल्लामा रेड अलर्ट जारी गरेको छ। निरन्तर परिरहेको वर्षातका कारण बाढी, पहिरो र भूक्षयले राजमार्गका सडकहरू अवरुद्ध भएका छन्।
सोमबार सम्म भारी वर्षा हुने सम्भावनाका कारण दुई दिन सार्वजनिक विदाको घोषणा गरिसकेको अवस्थामा जनधनको क्षति हुनबाट रोक्न सबै खेलकर्मीहरुले स्थानीय तहमा नागरिकसँग समन्वय गरी उद्धार कार्यमा खट्नको निम्ति नेपाल लोकतान्त्रिक खेलकुद संघले अपील गरेको छ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिव दुर्गाराज पाठकले अपील जारी गर्दै यो कठिन समयमा सुरक्षित रहनु हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले, प्रथमतः आफूलाई सुरक्षित राखौं ।
सँगसँगै सरकारी र स्थानीय निकायका निर्देशनहरू कडाईका साथ पालना गरौं । परिवार, छरछिमेकी र साथीहरूलाई सावधानी अपनाउन प्रोत्साहन गरौं ।
अनावश्यक हल्लाको पछि नलागौं, आधिकारिक सूचनामा मात्र विश्वास गरौं । एकता र सावधानी हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।
सबै मिलेर अहिलेको प्राकृतिक प्रकोप र चुनौतीहरूको सामना गरौं । राष्ट्रले सामना गर्नु परेको संकटका बेला सबै खेलकर्मी जुटेर उद्धार, राहत र सेवामा समर्पित होऔं। सचेत रहौं, सुरक्षित रहौं, एकअर्कालाई सहयोग गरौं ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ