नेपाल तेक्वान्दो संघको पाँचौ केन्द्रीय अधिवेशनबाट अध्यक्षमा गुरुङ

काठमाडौं, असोज १२ गते ।
नेपाल तेक्वान्दो संघको पाँचौ केन्द्रीय अधिवेशन दिपराज गुरुङको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार चयन गरेको छ ।उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली र भानबहादुर चन्द तथा कोषाध्यक्षमा कासिम मिया धोबी रहेका छन् । कोशिष खड्का, रवि थापा, मदन केसी, नन्दा बस्याल, गुरुप्रसाद गौतम, कुमार लामा घिसिङ, सुमन पराजुली, टिकाप्रसाद लिम्बू, श्रीमान थापा मगर, रामचन्द्र श्रेष्ठ, विजयकुमार न्यौपाने, बब्लु सिवाकोटी, हेमन्त डाँगी र प्रेमबहादुर भण्डारी सदस्यमा चयन भए ।
चितवनमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ