एसिया कपको उपाधि भारतलाई, पाकिस्तान ५ विकेटले पराजित

काठमाडौं, असोज १३ गते ।
एशिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । गएराति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । योसँगै भारतले एशिया कपमा नौौं पटक विजेता बन्ने कीर्तिमान बनाएको छ ।

फाइनलमा पाकिस्तानले टस हारेर ब्याटिङ रोजेको थियो । तर, उसका खेलाडीहरूले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न नसक्दा १९ ओभर १ बलमै अलआउट हुँदै जम्मा १४६ रनको योगफल खडा गर्यो । पाकिस्तानका लागि सहिबजादा फरहानले उत्कृष्ट ५७ रनको योगदान दिए भने अन्य खेलाडीहरू पटक–पटक सस्तोमा पाभेलियन फर्किए । भारतका स्पिनर कुलदीप यादवले बलिङमा चम्कदै ४ विकेट लिए ।

जवाफमा लक्ष्य पछ्याउने क्रममा भारतले २० ओभरको खेल २ बल बाँकी रहँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । अन्तिम ओभरमा १० रन आवश्यक रहेको अवस्थामा तिलक बर्मा र रिंकु सिंहले संयमित ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए । तिलकले ६९ रनको उत्कृष्ट पारी खेले भने रिंकुले दबाबपूर्ण क्षणमा चौका प्रहार गर्दै टोलीलाई विजयी बनाए । पाकिस्तानका लागि फाहिम अस्रफले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यो जितसँगै भारतले एशिया कपमा आफ्नो वर्चस्व झनै मजबुत बनाएको छ । लगातार दोस्रो पटक उपाधि जित्दा भारतीय टोलीले एशियाली क्रिकेटमा आफ्नो श्रेष्ठता कायम राखेको छ । पाकिस्तान भने बलियो सुरुआतका बाबजुद निर्णायक क्षणमा कमजोर बनेको कारण उपाधि चुक्न पुग्यो ।

एशिया कप २०२५ को यो फाइनल खेलले फेरि एकपटक भारत–पाकिस्तान क्रिकेट प्रतिद्वन्द्विताको रोमाञ्चलाई उच्च स्तरमा पुर्याएकोछ। अब भारत आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत यसै आत्मविश्वाससहित अघि बढ्ने अपेक्षा गरिएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ