डेम्बेले र बोनमातीलाई ब्यालोन डि’ओर अवार्ड

पेरिस सेन्ट जर्मेन (पिएसजी)का फ्रान्सेली स्टार खेलाडी उस्मान डेम्बेलेले प्रतिष्ठित ब्यालोन डि’ओर अवार्ड जितेका छन्। उनले यो अवार्ड पहिलो पटक जितेका हुन्।

डेम्बेलेले पीएसजीबाट सन् २०२४-२५ को च्याम्पियन्स लिग जित्नुका साथै लिगमा पनि ३७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

महिलातर्फको बालोन डि’ओरको अवार्ड भने लगातार तेस्रोपटक स्पेनकी एइताना बोनमतीले जितेकी छन् । उनी स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएकी फरवार्ड हुन् ।

यस्तै स्पेन राष्ट्रिय टोली तथा स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामियन यमालले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । महिलातर्फको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनकै भिकी लोपेजले जितिन् ।

च्याम्पियन्स लिग विजेता पीएसजी वर्ष उत्कृष्ट पुरुष टोली घोषित हुँदा पीएसजीकै प्रशिक्षक लुइस एनरिके उत्कृष्ट प्रशिक्षक तथा पीएसजीबाटै च्याम्पियन्स लिग जितेका जियानलुजी डोनारुमा उत्कृष्ट गोलरक्षक घोषित भए ।

महिलातर्फको वर्ष उत्कृष्ट टोलीको अवार्ड आर्सनलले प्राप्त गर्‍यो । त्यस्तै उत्कृष्ट स्ट्राइकरको अवार्ड स्वीडेनका भिक्टोर ग्योकेरेसले जिते । महिलातर्फ उत्कृष्ट स्ट्राइकरको अवार्ड पोल्यान्डकी इवा पाजोरले जितिन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ