The Kathmandu Scramble गल्फ प्रतियोगिता आगामी शनिबार रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने भएको छ।
उक्त एकदिने प्रतियोगितामा २९ टिमको सहभागिता रहने छ। प्रत्येक टिममा एक जना प्रो र दुई जना ह्यांडीक्याप खेलाडी रहने छन् । प्रतियोगिता स्क्राच ह्यांडीक्याप ढांचामा खेलाइनेछ। विगत १८ बर्षदेखि यो प्रतियोगिता आयोजना हुदै आइरहेको कुरा रोयल नेपाल गल्फ क्लबका कप्तान मिथुन राईले जानकारी दिएका छन्।
