नेपालकी कप्तान इन्दु बर्मा मलेसियन सुपर वुमन सिरिज २०२५ मा कप्तान

काठमाडौं, असोज ६ गते ।

काठमाडौं — नेपाली महिला क्रिकेटका लागि उत्साहजनक खबर आएको छ। नेपालकी राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मा मलेसियामा आयोजना हुने मलेसियन सुपर वुमन सिरिज २०२५ मा सहभागी हुँदैछिन्, त्यो पनि कप्तानको भूमिकामा।

सोमबार मलेसियन क्रिकेट सङ्घले प्रतियोगिताको लागि खेलाडीहरूको सूची सार्वजनिक गरेको हो। इन्दु बर्माले वेस्टर्न वन्डर वुमन टोलीको कप्तानी सम्हाल्नेछिन्। उनीसँगै नेपालकी दुई अन्य प्रतिभाशाली खेलाडीहरू — सावित्री धामी र रचना कुमारी चौधरी — ले पनि वेस्टर्न टोलीबाटै खेल्नेछन।

यो सिरिजमा मलेसियाका ४० खेलाडी र आईसीसीका ७ एसोसिएट राष्ट्रहरूबाट छनोट गरिएका ३५ अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगिताका लागि खेलाडीहरूलाई पाँच टोलीमा विभाजन गरिएको छ, जसमा निम्न टोलीहरू समावेश छन्:

सेन्ट्रल सुपर गर्ल्स

इस्टर्न लायनेस

नर्थन क्विन्स

साउथर्न जागुअर्स

वेस्टर्न वन्डर वुमन

यो महिला क्रिकेट प्रतियोगिता आगामी अक्टोबर २ देखि ८ तारिखसम्म मलेसियामा आयोजना हुँदैछ। यस सिरिजलाई महिला क्रिकेटको अन्तर्राष्ट्रिय अनुभव बढाउने र एसोसिएट राष्ट्रका खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा समावेश गराउने उद्देश्यले आयोजना गरिएको हो।

नेपालका लागि यो अवसर केवल सम्मान मात्र होइन, महिला क्रिकेटको विकासतर्फ थप महत्वपूर्ण पाइला पनि हो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ