युरोपेली लिगहरूमा रोमाञ्चक नतिजा

काठमाडौँ,असोज ६ गते ।
इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ७ अंकसहित दशौँ स्थानमा पुगेको छ भने चेल्सी ८ अंकसहित छैटौँ स्थानमा छ। शनिबारका खेलमा फुलहम, लिड्स र क्रिस्टल प्यालेस विजयी भए।

जर्मन बुन्डेसलिगामा ह्यारी केनले दोस्रो ह्याट्रिक गर्दै बायर्न म्युनिखलाई होफनहाइनमाथि ४–१ को जित दिलाए। केनले यो सिजन १३ गोल गरिसकेका छन्।

इटालीको सिरी ‘ए’ मा एसी मिलानले युडिनेजीलाई ३–० ले हराउँदै तेस्रो स्थानमा उक्लियो। युभेन्ट्स भने भेरोनासँग १–१ को बराबरीमा रोकियो।

स्पेनी ला लिगामा रियल म्याड्रिडले स्पान्योललाई २–० ले पराजित गर्दै शतप्रतिशत जितको यात्रा कायम राख्यो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ