मदन भण्डारी एकेडेमीको आयोजनामा एक दिने मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

काठमाडौँ,असोज ६ गते ।

मदन भण्डारी एकेडेमीको आयोजनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक दिने मैत्रीपूर्ण फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। खेलमा आयोजक मदन भण्डारी एकेडेमी ४–३ गोलको अन्तरले प्रगतिशील प्राध्यापक सङ्गठनसँग पराजित भएको हो।

प्रतिस्पर्धात्मक र रोचक बनेको खेलमा प्रगतिशीलका लागि इन्द्र मालीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे भने टिकलिङ्खा र कृष्ण खत्रीले एक–एक गोल गरे। अर्कोतर्फ, आयोजक मदन भण्डारी एकेडेमीका लागि तुलसी मैनाली, कृष्ण सिक्देल र कृष्ण तिमल्सिनाले एक–एक गोल गरे पनि टोलीलाई जित दिलाउन भने असफल रहे।

विशेषतस् खेल केवल प्रतिस्पर्धात्मक मात्र नभई आपसी सम्बन्ध र सद्भावलाई थप प्रगाढ बनाउन आयोजित गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा मदन भण्डारी एकेडेमी का अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष पदम प्रसाद देवकोटा लगायतको प्रतियोतामा सक्रिय सहभागिता रहेको थियो ।

त्यसैगरी खेलमा विभिन्न क्षेत्रका बुद्धिजीवी, प्राध्यापक, खेलप्रेमी तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता उल्लेखनीय रह्यो । खेलकुदलाई मित्रता र एकताको माध्यमका रूपमा प्रयोग गर्ने उद्देश्यले गरिएको यस प्रतियोगिताले सहभागीबीच आत्मीयता, ऊर्जा र सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको भनाई रहेको छ ।

यसरी सम्पन्न मैत्रीपूर्ण प्रतियोगिताले खेलकुदमार्फत समाजमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकतालाई थप सबल बनाउन योगदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ