स्पोर्ट्स अवार्ड स्थगित

काठमाडौं, भदौ २६ गते ।

२२औं संस्करणकाे एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड स्थगित भएको छ।

बुधबार नेपाल खेलकुद पत्रकार मञ्चले प्रेस रिलिज निकाल्दै अवार्ड कार्यक्रम हालकाे लागि स्थगित भएको जनाएकाे हाे। अवार्ड कार्यक्रम भदौ २८ र २९ गते पोखरामा आयाेजना हुने तय थियाे।

राष्ट्रमा हाल भइरहेकाे घटनाक्रमकाे कारण अवार्ड स्थगित गरिएको मञ्चले जनाएको हाे। नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष पल्सर स्पोर्टस अवार्ड आयाेजना गर्दै आइरहेकाे छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ