मैत्रीपूर्ण फुटबल खेल खेल्न आएको बंगलादेश फुटबल टोली स्वदेश फर्किए

काठमाडौं, भदौ २६ गते ।

 नेपालमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आएको बंगलादेश फुटबल टोली स्वदेश फर्किएको छ ।

जेनजी को आन्दोलनका कारण फर्कन नसकेको टोली बिहीबार विहान स्वदेश प्रस्थान गरेको हो ।

बंगलादेशी सेनाको विशेष विमानमार्फत टोली स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका हुन् ।

पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो मैत्रीपुर्ण खेल काठमाडौंको अवस्था तनावग्रस्त  भएपछि रद्द गरिएको थियो । खेल रद्द भएपछि स्वदेश फर्कने तय भएको टोली अवस्था झन् भयावह बनेपछि नेपालमै रोकिएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ