स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

काठमाडौं, भदौ १७ गते ।

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ३५ वर्षीय स्टार्कले आज सन्न्यासको घोषणा गरेका हुन् । उनले टेस्ट क्रिकेट आफ्नो पहिलो प्राथमिकता रहे पनि २०२१ को विश्वकप खेल्दा निकै रमाइलो महसुस भएको समेत बताएका छन् ।

यद्यपि, उनले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहने बताएका छन् । स्टार्कले सन् २०१२ मा पाकिस्तानविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । त्यस यता उनले ६५ खेलमा ७९ विकेट लिएका थिए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ