थानेश्वर ढकालको अध्यक्षतामा कोशी प्रदेश डजबल संघ गठन

थानेश्वर ढकालको अध्यक्षतामा कोशी प्रदेश डजबल संघ विधिवत रुपमा कोशी प्रदेश खेलकुद विकास बोर्डमा दर्ता भएको छ । शुक्रवार सम्पन्न संघको प्रथम साधारण सभा तथा निर्वाचनबाट ढकालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

यसैबीच सोमबार एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन्। त्यसैगरी प्रथम साधारण सभा तथा निर्वाचनबाट निर्विरोध निर्वाचित अन्य पदाधिकारीहरुमा दुई उपाध्यक्षहरु जनार्दन मैनाली र काजी बहादुर कार्की,सचिवमा गोपाल निरौला, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सदस्यहरुमा खगेन्द्र पोखरेल ,छिरिङ भोटे, खिलकुमार सुबेदी,प्रेम सुब्बा ,भवानीप्रसाद पाठक , विवश प्रधान ,रमिला नेपाली र केवलमणि रिजाल रहेका छन्।उक्त निर्वाचन भने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदीप भगतको उपस्थितिमा सम्पन्न भएको थियो।

यसैबीच नव निर्वाचित कोशी प्रदेश डजबल संघका अध्यक्ष थानेश्वर ढकालले संघलाई सबल र प्रभावकारी बनाउन मन, वचन र कर्मले लाग्ने बताए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ