लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप

काठमाडौं, भदौ १६ गते ।

फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजको रुपमा के.एल. दुगड ग्रुपसँग सम्झौता गरेको
छ । एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतकोलुम्बिनी लाभाजलेआसन्न वात्सल्य एभरेस्ट महिला भलिबल
लिगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह के.एल. दुगड ग्रुपको ज्ञान ब्रान्डलाई आफ्नो
आधिकारिक मुख्य प्रायोजकको रुपमा अनुबन्ध गरेको हो।
मुख्य प्रायोजकको रुपमा के.एल. दुगड ग्रुपसँगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र
ऊर्जा प्रदान गरेको क्लबले जनाएको छ । नेपालमा खाद्यान्न उत्पादन र वितरणको क्षेत्रमा आफ्नो छुट्टै
पहिचान बनाएको के.एल. दुगड ग्रुपको ज्ञान जस्तो बलियो ब्रान्डसँगको साझेदारीले नेपाली महिला
खेलाडीको सशक्तीकरण र खेलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास टिम व्यवस्थापनले लिएको छ ।
सम्झौतासँगै अब टिमको जर्सी, मिडिया र सामाजिक सञ्जालमा के.एल. दुगड ग्रुपको ज्ञानलाई लुम्बिनी
लाभाजको मुख्य प्रायोजकको रुपमा उल्लेख गरिनेछ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा के.एल. दुगड ग्रुपका कार्यकारी निर्देशक भावीका दुगडले नेपाली
खेलकुदलाई सहयोग गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताइन्। उनले महिला खेलाडीहरूलाई
अगाडी बढाउन र उनीहरूको प्रतिभालाई सम्मान गर्न आफ्नो समूह सधैं तयार रहेको उल्लेख गरिन्।
लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको सशक्त संयोजनमा
प्रतियोगिताका लागि बलियो टिम तयार गरेको छ । के.एल. दुगड ग्रुपको साथ र सहयोगले टोलीको
मनोबल अझै उच्च बनेको छ, जसको प्रभाव टिमको उत्कृष्ट खेल प्रदर्शनमा देखिने विश्वास लुम्बिनी
लाभाजका टिम व्यवस्थापनले जनाएको छ । इन्फिनिटी ड्रिम्स प्रा.लि.को आयोजनामा पोखरामा हुन
लागेको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुदैछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ