अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशको खेल भाद्र २१ र २४ गते

काठमाडौं, भदौ १६ गते ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने नेपाल र बंगलादेशको राष्ट्रिय टोलिबीच फिफा इन्टरनेशन्ल विन्डोमा खेल हुँदैछ।  

खेल भाद्र २१ र २४ गते दशरथ रगशालमा आयोजना हुनेछ। दुबै खेल साँझ ५ः३० बजे हुनेछ। उक्त खेल फिफा विन्डोमा हुनेछ।  

यस खेलहरूका लागि एन्फाले तीव्ररूपमा तयारी अगाडि बढाएको छ। दुवै खेलहरूको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहेको छ। टिकट दर भिआइपी पारापिटतर्फ एक हजार र सामान्य पारापिटतर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ।  

बंगलादेशको राष्ट्रिय टोली बुधबार नेपाल आइपुग्ने छ। टोलीलाई अभ्यासका लागि भद्रकाली स्थित नेपाली सेनाको खेल मैदान र च्यासल रङ्गशालाको मैदानमा व्यवस्था गरिएको छ। 

खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडी बाट हुनेछ भने मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालि ले पाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ