डबली सक्रिट रन शनिबार

काठमाडौं, भदौ १६ गते ।
काठमाडौं महानगरपालिका वडा. ५ को आयोजना, नर दे जिवन्त हँंडिगाउको सह–आयोजना तथा गोरखा रनर्स कल्वको प्राविधिक सहयोगमा डबली सर्किट रन शनिबार हुने भएको छ ।
दौडमा कामनपा वडा ५ भित्रका १८ वर्षमुनिका जुनियर खेलाडी सहभागी हुने आयोजक वडाका अध्यक्ष वीरेन्द्र प्रजापतिले जनाएका छन् । छात्रमा ३ र छात्रामा २ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।
दुवै समूहमा शीर्ष तीन स्थानमा रहनेले क्रमशः १२ हजार, ९ हजार र ६ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथोले ३ हजार, पाँचौंले १ हजार ५ सय र छैठौंदेखि दशौं स्थानमा रहनेले समान १÷१ हजार नगद पुरस्कार पाउने छन् ।
दौड गहना खोज्ने पोखरी हाताबाट सुरु र त्यही आएर टुंगिने छ । विगतमा गोरखा रनर्स क्लबले आयोजना गर्ने उक्त दौड करिब २० वर्षपछि पुनः हुन लागेको रेस डाईरेक्टर राजन खत्रीले जनाएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ