‘प्रधानसेनापति ट्रफी’२०८२ प्रतियोगिता सुरु

काठमाडौं, भदौ १७ गते ।

‘प्रधानसेनापति ट्रफी’२०८२ प्रतियोगिता अन्तर्गत मङ्गलबारदेखि सुरु भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा सुरु भएको हो। प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले एक कार्यक्रमबीच गर्नुभयो । उद्घाटन खेलहुनु अघि विभिन्न खेलहरुको डेमोशेसन समेत प्रस्तुत गरिएको थियो।
उद्घाटन खेलका रूपमा पुरुषतर्फ एक हजार ५०० मिटर र महिलातर्फ ८०० मिटर दौड सम्पन्न भयो । जसमा पुरुषतर्फ सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पाल पहिलो, मध्यपृतनाका लोकेन्द्र बोहोरा दोस्रो र विशेषफोज बाहिनीका अक्कलबहादुर पाल तेस्रो हुनुभयो ।
महिलातर्फको ८०० मिटर दौड प्रतियोगितामा १३ नं. बाहिनाका अनिषा विश्वकर्मा पहिलो, १६ नं. बाहिनीका सरस्वती भट्टराई दोस्रो र मध्यपूर्वी पृतनाका बालिका श्रेष्ठ तेस्रो हुनुभयो । विजेतालाई प्रधानसेनापति अशोकराज सिग्देलले पुरस्कार प्रदान गर्नुभयो । पुरुषतर्फ पहिलो हुने सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पालले १० हजार रुपियाँ नगत समेत प्रात गरे।
असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फुटबल र जुडो खेल समावेश गरिएका छन्। प्रतियोगितामा आठ वटा पृतना र ६ वटा बाहिनीबिच प्रतिस्पर्धा हुने छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ