राजेन्द्र कुमार मिश्रको अध्यक्षतामा भक्तपुर जिल्ला डजबल संघ तदर्थ समिति गठन

राजेन्द्र कुमार मिश्रको अध्यक्षतामा भक्तपुर जिल्ला डजबल संघ तदर्थ समिति गठन भएको छ ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको अध्यक्षता तथा नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाको उपस्थितीमा आइतवार सात सदस्यीय समिति गठन गरिएको हो। निर्विरोध चयन भएको पूर्ण टिममा अध्यक्षमा राजेन्द्र कुमार मिश्र, उपाध्यक्षमा सरोज बस्नेत,सचिवमा सिर्जना मिश्र, कोषाध्यक्षमा सलिन बस्नेत र तीनजना सदस्यहरुमा लक्ष्मण सुनार, जीवन श्रेष्ठ र निरन्जन राउत रहेका छन्।

नवगठित समितिले भक्तपुर जिल्लामा डजबल खेललाई जिल्लास्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। साथै, खेलाडी उत्पादन, प्रशिक्षण, प्रतियोगिता सञ्चालन र अवसर उपलब्ध गराउँदै डजबल खेललाई लोकप्रिय बनाउन सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ