आयोजक बौद्ध र मातृभूमी स्कुल फाईनलमा

काठमाडौं, भदौ ८गते ।

बौद्ध अन्तर्राष्ट्रिय विद्यालय (बिआइएस) को आयोजनामा भइरहेको आठौं बिआइएस अन्तर-विद्यालय बास्केटबल प्रतियोगितामा आयोजक टोली फाईनलमा पुगेको छ।

ब्वाइज अन्तर्गत सेमीफाईनलमा आयोजक बौद्धले अक्षरीकास्कुललाई ४१ -४० ले पराजित गर्दै फाईनलमा स्थान पक्का गर्‍यो। यस्तै मातृभूमी स्कुल ले पनि फाईनलमा स्थान बनायो। मातृभूमीले निसर्ग बाटिका स्कुललाई ५१-३९ अंकले पराजित गरेको हो।

गर्लसतर्फ द चान्दबग स्कुलले दिक्षालय स्कुललाई २३ -२२ ले हराएर फाईनलमा स्थान बनायो भने कास्ठमाण्डप स्कुलले चेल्सी वर्ल्ड स्कुललाई ३०-२९ पाखा लगायो।
यो सिजन २५ विद्यालयले प्रतियोगितामा भाग लिएका छन्। १९ दिन चल्ने प्रतियोगिता २१ ब्वाइज टिम र १६ गर्ल्स टिमले भाग लिएका छन्।

गत वर्षको विल्सन एकेडेमी (ब्वाइज) र एनसीसीएस (गर्ल्स) ले उपाधि जितेका थिए।

यो वर्ष विजेता र उपविजेता टिमसहित सर्वोत्कृष्ट खेलाडी (एमभीपी), सर्वाधिक स्कोरकर्ता र फेयर प्ले टिमलाई पुरस्कृत गरिनेछ। फाईनल खेल भने भोली हुने।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ