तेक्वान्दो संघको आयोजनामा चौथो एनटीए लिग भदौ १२ देखि

काठमाडौं, भदौ १० गते ।

नेपाल तेक्वान्दो संघले चौथो एनटीए लिग (ग्यरोगी एण्ड पुम्से) यही भदौ १२ देखि १५ गतेसम्म सातदोबाटोस्थित संघको केन्द्रीय हलमा आयोजना गर्ने भएको छ। तेक्वान्दो खेलको बिकास र बिस्तारका लागी साथै नव उदीयमान र प्रतिभाशाली खेलाडीहरुको पहिचान र खोजी गरी आगमी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिनिधित्व गर्दै देशका लागी उत्क्रीस्ट नतिजा हासिल गर्ने लक्ष्य सहित नियमित रुपमा प्रतियोगिताको आयोजना गरी खेलाडीहरुलाई सुअबसर प्रदान गर्ने उद्देश्यका साथ यस संघद्वारा लिग प्रतियोगिताको नियमित आयोजना गर्दै आइरहेको नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको छ। यसपटक ५४५ महिला र ९५० पुरुष गरी कुल १,४९५ खेलाडीको सहभागिता रहने जनाएको छ। प्रतियोगितामा ग्यरोगी र पुम्से गरी ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। चार दिनसम्म चल्ने प्रतियोगितामा ४० निर्णायक तथा प्राविधिक परिचालन गरिने संघले जनाएको छ। नेपाल तेक्वान्दो संघले विगतका तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको र यस लिगले खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर दिलाउने उद्देश्य राखेको बताइएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ