महेन्द्र विष्टको अध्यक्षतामा काभ्रेपलाञ्चोक जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ ।
बुधबार बनेपामा आयोजना गरिएको एक विशेष भेलाका बीच नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाको उपस्थितिमा विष्टको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा रामचन्द्र देउजा, सचिवमा उत्तम सापकोटा, कोषाध्यक्षमा विजय सिं मुस्याजु छन् । संघका अन्य सदस्यहरुमा जनक तामाङ, सुविन मानन्धर, मिलन आचार्य, साजन घिमिरे, दिपेन्द्रबहादुर विष्ट र प्रितम रहेका गन्गाई छन् ।

भेलामा बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्यले नयाँ खेलको विकासमा नगरपालिकाले सघाउने बताए। त्यसैगरी नेपाल डजबल महासंघ तदर्थ समितिका संयोजक अरुण तिमल्सिनाले नव गठित समितिलाई शुभकामना दिंदै सबैजनाको संयुक्त प्रयासबाट नै नेपालमा डजबल खेलको विकास गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामा, राष्ट्रिय खेलकुद परिषद्का पुर्व निर्देशक केशव गौतमले नीजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, काभ्रेपलाञ्चोक जिल्ला भलिवल संघका अध्यक्ष विक्रम प्रजापति, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका सहायक प्रिन्सिपल नवराज दाहाल लगातयले खेल क्षेत्रबारे चर्चा गरेका थिए ।
