पिएसजी सुपर कपमा च्याम्पियन

काठमाडौं, साउन २९ गते ।

फ्रेन्च क्लब पीएसजीले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले उपाधि जितेको हो ।

निर्धारित समय ९० मिनेटको खेलमा २-२ को बराबरीमा सकिएपछि उक्त खेल सिधै टाइब्रेकरमा धकेलिएको थियो। पीएसजीले टाइब्रेकरमा पीएसजीका भिटिन्हाले एक प्रहार मिस गर्दा टोटनहामका मिकी भान डे भेन र माथिस तेलले प्रहार गोलमा परिणत गर्नबाट चुके ।

साथै त्यसअघि निर्धारित समयको खेलमा पीएसजीले २-० को अवस्थाबाट शानदार पुनरागमन गरेर खेल बराबरीमा ल्याएको थियो । ३९औं मिनेटमा भान डे भेन र ४८औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै टोटनहामलाई २-० को अग्रता राखेको थियो।

खेलको ८५औं मिनेटसम्म अगाडि रहेको टोटनहाम त्यसपछि सम्हालिन नसक्दा पीएसजीका ली काङ इनले ८५औं मिनेटमा गोल गरे ।

साथै इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गोल गरेपछि पीएसजी टोटनहामको जितमा बाधक बनेको थियो।

पीएसजी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने टोटनहाम यूरोपा लिग विजेता हो । यी दुई प्रतियोगिताको विजेताका बीचमा सुपर कप हुने प्रावधान रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ