अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट हुने

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट सुरुहुने भएको छ । एन्फाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरिसकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फाको फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने भएको छ । सहभागीता मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्लेअफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने भएको छ ।

एसियाली मानचित्रमा नेपाली महिला फुटबलको स्तर बढेको सन्दर्भमा एक टोलीलाई कम्तीमा ६ खेलका लागि अवसर दिन यो संरचना उपयुक्त भएको प्रतियोगिता प्रमुख सञ्जीव मिश्रले जानकारी दिए । समूह ए मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल रहेकाछन् ।

समूह बी मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुनेभएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ