कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो सुरु


काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३ औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता आज सुरु भएको छ ।
प्रतियोगितामा विभिन्न १६ डोजाङका २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । विभिन्न ३५ प्रतिस्पर्धामा खेल हुनेछ ।
प्रतियोगितामा नयाँदेखि ब्ल्याकवेल्टसम्मका खेलाडीको सहभागिता रहने छ । अधिकांश निर्णायक पनि नयाँ राखिने छ । प्रतियोगिताको मुख्य उद्देश्य प्रतियोगितासंगै नयाँ खेलाडी र निर्णायकलाई तेक्वान्दो बारे व्यवहारिक रुपमा अझ विस्तृत जानकारी गराउनु रहेको प्रमुख श्रेष्ठले बताए ।
एकदिने प्रतियोगिताका खेलहरु पेप्सीकोलाको यतिटोलस्थित आयोजक डोजाङको आफ्नै हलमा २ एरिनामा खेलाइने छ । खेल शनिबार बिहान ७ः०० बजेदेखि सुरु भएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ