
काठमाडौं, साउन २३ गते ।
भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि १-० को जित निकालेको छ । नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले निर्धारित समय सकिनै लाग्दा ९०औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइकीहुन् ।

उनले मिना देउवाको कुइक पासमा गोल गरिकीहुन् ।
खेलमा साउदीले अरबियाले नेपालविरुद्ध केही राम्रा अवसरहरू बनाए पनि गोल भने गर्न सकेनन् । नेपालले ३७औं मिनेटमा पेनाल्टीमार्फत गोलमा परिणत गर्न भने सकेन् ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को हार बेहोरेको थियो । पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा कम रहेको छ । साथै बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकीनै छ । खेल आइतबार हुनेछ ।
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधानरहेको छ ।