१३ औं कोटेश्वर एक दिने अन्तर डोजाङ तेक्वान्दो सम्पन्न

काठमाडौं, साउन २४ गते ।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा १३ औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
प्रतियोगितामा विभिन्न २० डोजाङका २ सय ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक डोजाङका प्रमुख एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । विभिन्न ३५ स्पर्धामा खेल भएको थियो ।
प्रतियोगितामा नयाँदेखि ब्ल्याकवेल्टसम्मका खेलाडी सहभागी थिए । निर्णायक पनि नयाँ थिए । प्रतियोगिताको मुख्य उद्देश्य प्रतियोगितासंगै नयाँ खेलाडी र निर्णायकलाई तेक्वान्दोको व्यवहारिक पक्ष बारे अझ विस्तृत जानकारी गराउनु रहेको प्रमुख श्रेष्ठले बताए ।
विजेतालाई बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा ३२ का अध्यक्ष नवराज पराजुली, ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडरेसनका अध्यक्ष राजकुमार दराई, आयोजक डोजाङ प्रमुख श्रेष्ठ, अभिभावकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा दक्षिण कोरियामा भएको वल्र्ड ओलम्पिक्सको सिनियर ३०–३९ वर्ष उमेरसमूहको एकल पुम्से र ६८–७२ केजीमा कांस्य तथा वल्र्ड पिस तेक्वान्दो च्याम्पियनसिपको सिनियर एकल पुम्सेमा स्वर्ण जित्न सफल राजकुमार दराईलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । एकदिने प्रतियोगिताका खेलहरु पेप्सीकोलाको यतिटोलस्थित आयोजक डोजाङको आफ्नै हलमा भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ