एसीसी मेन्स यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोलीको बिदाई


काठमाडौं । नेपालक्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीकोआज(शुक्रबार) बिदाइगरेको छ ।
आगामी आइतबारबाट सुरु हुने खेलमा सहभागी हुन विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीलाई बिदाई गरेको हो ।


नेपाल यु–१६ पुरुषक्रिकेट टोलीको बिदाई कार्यक्रममाबोल्दै नेपालक्रिकेट संघ क्यानकाकोषाध्यक्षपदमबहादुर खड्काले विदाइभएको टीमसँग नेपाली क्रिकेटको भविश्य रहेको भन्दै यसले उत्कृष्ट प्रर्दशन गर्ने बताए ।
उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु । अन्डर १६ टिम नेपालली क्रिकेटको भविश्यहो । नेपाली क्रिकेटलाई लामो समय सम्म नेतृत्व गर्ने हिसावले प्रर्दशन गर्नेछन् भन्ने आशा छ ।’
यसैगरी कोच दिपेन्द्र बहादुर चन्दले उत्कृष्ट प्रर्दशन गर्ने टिम रहेकाले विगत माझै जित हासिल गर्ने बताए ।
नेपाली यु–१६ टोली
विपिनप्रसाद शर्मा(कप्तान), सुर्याशुं कोइराला(उपकप्तान), परिमार्जन यादव, शिवान्शबजगाईं, रौनकश्रीवास्तव, अभययादव, सचिन भट्ट, सुगमबुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभमखनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशनशाही।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ