
आयोजक काठमाडौं महानगरपालिका वडा २६ ले काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत तेक्वान्दोको उपाधि शुक्रबार जितेको छ । वडा २६ ६ स्वर्ण, ५ रजत र १ कांस्यसहित टिम च्याम्पियन बन्यो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ काठमाडौं महानगरपालिका ११ दोश्रो भयो । तेश्रो स्थानको तार्केश्वर नगरपालिकाले २ स्वर्ण, ४ रजत र ६ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, दोश्रोले ५० हजार र तेश्रोले २५ नगद पुरस्कार हजार प्राप्त गरे ।
प्रतियोगिताको पुरुषमा आयोजकका रोहन भुजेल तथा महिलामा गोंगबुकी कृतिका देउला उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताको पुरुष ४६ केजीमुनि काठमाडौं महानगरपालिका ११ का कैलाश थापा, ५१ केजीमुनि काठमाडौं महानगरपालिका ११ का निश्चल धोली, ३८ केजीमुनि काठमाडौं महानगरपालिका ११ का तपेन्द्र विष्ट, ४२ केजीमुनि काठमाडौं महानगरपालिका २० का राहुल हाङ लिम्बू, ४९ केजीमुनि आयोजकका रोहन भुजेल, ३१ केजीमुनि आयोजकका एकेन्द्र खड्का, २३ केजीमुनि काठमाडौं महानगरपालिका १७ का अंकितमान गुरुङ, २६ केजीमुनि तार्केशवरका स्वरुपराज पाण्डे, २८ केजीमुनि आयोजकका सुरज श्रेष्ठ र ३५ केजीमुनि स्वयम्भूका प्रज्ज्वल पौडेलले स्वर्ण जिते ।
महिला ३६ केजीमुनि तुख्याकी सुसन्ध्या खड्का, ३९ केजीमुनि काठमाडौं महानगरपालिका ११ की श्रीयुक्ता लामा, ४६ केजीमुनि लैनचौरकी सारदामाया बमजन, ४९ केजीमुनि आयोजककी आकृति गुरुङ, ४२ केजीमुनि ताकेश्वरकी कृति थापा मगर, २४ केजीमुनि आयोजककी आलिया खातुन, २७ केजीमुनि काठमाडौं महानगरपालिका १७ की लिसा तामाङ, ३१ केजीमुनि गोंगबुकी कृतिका देउला, ५२ केजीमुनि आयोजककी सुमिना खड्गी र ३३ केजीमुनि बालाजुकी समिक्षा तामाङ पहिलो भए ।
विजेतालाई बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, बृहत खेलकुदका संयोजक एवं आयोजकका सदस्य प्रवेश श्रेष्ठ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगिताको पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा २ सय ५९ खेलाडी सहभागिता जनाएको तेक्वान्दोका संयोजक गौरव रजतले जनाएका छन् । हरेक पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः ४ हजार, ३ हजार र २÷२ हजार नगद पुरस्कार प्रदान गरियो ।
विभिन्न ५ खेल समावेश बृहत खेलकुदअन्तर्गत तेक्वान्दोसहित ३ खेलको प्रतियोगिता सम्पन्न भएको छ । यसअघि टेबलटेनिस र कराते सम्पन्न भएको थियो ।

फुटसल ः
बृहत खेलकुदअन्तर्गत पुरुष फुटसलमा वडा ५ र तार्केश्वर फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौर खेल मैदानमा वडा ५ ले आयोजक काठमाडौं महानगरपालिका २६ लाई ३–१ गोलले पराजित ग¥यो । तार्केश्वरले वडा १३ लाई १–० को झीनो गोलअन्तरले हरायो ।
फाइनल शनिबार हुनेछ । विजेताले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगद पुरस्कार पाउने फुटबल संयोजक रामबहादुर रजकले जनाएका छन् ।