महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा

काठमाडौं । गोलकिपर अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ

डिफेन्डर गीता राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी

मिडफिल्डर विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल

फरवार्ड साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल रहेकाछन्।

एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा केही समयअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलेको टिमबाट एक खेलाडी परिवर्तन भएको छ । सुस्मा तामाङको स्थानमा प्रतिक्षा चौधरीलाई टिममा राखिएको छ । एपीएफबाट घरेलु फुटबल खेल्ने प्रतिक्षा पहिलो पटक सिनियर टिममा परेकी हुन् । महिला एसियन कप छनोटमा नेपाल एफमा छ । यस समूहमा घरेलु टोली उज्वेकिस्ता, लाहो स र श्रीलंका पनि छन् । नेपालले पहिलो खेल जसन २९ मा लाहोससँग खेल्नेछ । यस्तै दोस्रो खेल जुलाई २ मा श्रीलंकासँग खेल्नेछ भने जुलाई ५ मा उज्वेकिस्तानसँग समूहको अन्तिम खेल खेल्नेछ । समूह विजेता बन्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा छनोट हुनेछ ।

नेपालले सन् १९८६, १९८९ र १९९९ मा तीन पटक महिला एसिया कप खेलिसकेको छ । त्यसपछि महिला एसिया कप नखेलेको नेपाल २६ वर्षपछि महिला एसिया कपमा पुग्ने लक्ष्यमा छ ।

पछिल्लो पटक सन् २०२२ मा भारतमा भएको महिला एसिया कपको छनोट खेलेको नेपालले छनोट चरण पार गर्न सकेन।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ