विभागीय टोली नेपाल पुलिस क्लबले नवौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा बिहीबार भएको फाइनल खेलमा पुलिसले टिप टप न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
यससँगै पुलिस लगातार दोश्रो पटक एनभीए लिगको च्याम्पियन बन्न सफल भएको छ । भने पुलिस आगामी संस्करणको काभा क्लब च्याम्पियन्स लिगका लागि समेत छनौट भएको छ । आठौं संस्करणको एनभीए लिगको महिलातर्फको उपाधि पनि पुलिसले नै जितेको थियो ।
लगातार दोश्रो पटक उपाधि जित्ने क्रममा पहिलो सेट २५-२० ले जितेको पुलिसले दोश्रो सेट न्यु डायमण्डलाई २२-२५ ले सुम्पिएको थियो । त्यसपछिका दुई २८-२६ र २५-१४ ले जित्दै पुलिस च्याम्पियन बन्न सफल भयो।
