एभरेस्ट म्याराथन : महिलातर्फको उपाधि प्रहरी जवान शेर्पालाई

तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको महिलातर्फको उपाधि यस वर्ष प्रहरी जवान लाक्पा ङिमा शेर्पाले जितेकी छिन् ।

ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ निवासी शेर्पाले हिमालय एक्सपिडिसन कम्पनीद्वारा आयोजित म्याराथनमा एभरेस्ट बेसक्याम्पदेखि नाम्चेसम्मको ४२ किलोमिटर दूरी पूरा गर्दै प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।

प्रतियोगितामा प्रथम भएकी प्रहरी जवान शेर्पालाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे र प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजित कुँवरले नाम्चेमा आयोजित एक कार्यक्रममा सम्मान गरेका छन् । प्रजिअ घिमिरेले खेलकुद क्षेत्रमा समेत प्रहरीको सान बढाएको भन्दै विजेता शेर्पाको प्रशंसा गरे।

विजेता शर्पाले निर्धारित दूरी ५ घण्टा १५ मिनेटमा पूरा गरिन् । प्रतियोगितामा अनिता राईले ५ घण्टा १८ मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् भने भने ५ घण्टा ४० मिनेटमा दूरी पार गर्दै दिलकला कुलुङले तेस्रो स्थान हासिल गरिन् ।

म्याराथन प्रतियोगिता विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको ७२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ