यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा जेठ २१ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा ७ प्रदेशबाटै खेलाडीहरु सहभागी हुने छन्  ।

लिग चरणमा २१ वटा खेल हुनेछन् । संयोजक केसीका अनुसार प्रतियोगिता वीरेन्द्रनगर नगरपालिकाको कालुङ्चौक र वीरेन्द्रनगर क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

क्यानले खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार सातवटै प्रदेशले लिग चरणमा एक अर्कासँग एक/एक खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तो छ तालिका

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ