एनभीए लिग फाइनलमा गण्डकी

गण्डकी प्रदेश नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ फाइनलमा पुगेको छ।

साविक विजेता टिप टप हेल्प नेपाललाई अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा ३-२ ले हराउँदै गण्डकी फाइनलमा पुग्ने पहिलो टोली बनेको हो।

पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा शीर्षस्थानमा रहेको हेल्प नेपाल विरुद्ध गण्डकीले २५-१८, १९-२५, १४-२५, २५-२० र १५-११ ले माथ दिन सफल रहयो।

गण्डकीको छैटौं खेलमा यो छैटौं जित हो। आज पाँचौं सेटमा जित निकालेको गण्डकीले २ अंक प्राप्त गर्यो। १७ अंक सहित गण्डकी लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

हेल्प नेपालको भने यो पहिलो हार हो। छैटौं खेलमा ५ जित र १ हारमा १६ अंक सहित दोस्रो स्थानमा तल झरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ