लिगमा पुलिस अपराजित

 नवौं पिएम कप एनभिए लिगको महिलातर्फ फाइनलमा पुगिसकेको नेपाल पुलिस क्लब लिगमा अपराजित रह्यो ।

साविक विजेता समेत रहेको पुलिसले फाइनल पुगिसकेको अर्को टोली टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई आज ३-० को सोझो सेटमा हरायो।

यो खेलको नतिजापछि पुलिस शीर्ष र न्यु डायमण्ड दोस्रो स्थानमा रह्यो। पुलिसले २५-१९, २५-१८ र २५-२१ ले विजयी भयो। ५ खेलमा पुलिसले १४ अंक जोड्यो। पुलिस बाहेक सबै ४ टोलीलाई हराएको न्यु डायमण्डले १२ अंक बटुल्यो ।

यी दुईले नै बिहीवार उपाधिका लागि खल्नेछन्। तेस्रो स्थानको लागि नेपाल एपिएफ क्लब र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुने तय भैसकेको छ। आजै एभरेष्ट र एपिएफबीच लिग चरणको अन्तिम खेल हुनेछ।

पुरुषतर्फ पनि गण्डकी प्रदेश र टिप टप हेल्प नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।

मणिमुकुन्द भलिबल क्लब, एपिएफ, कोशी प्रदेश र सुदुर पश्चिम प्रदेश लिग चरणबाट बाहिरिसकेका छन् ।

आज लिग चरण अन्तिम ४ खेल हुनेछन् । खेलको नतिजाले कुनै असर गर्नेछैन । मात्र लिग चरणको स्थान निर्धारण मात्र गर्नेछ।

नेपाल भलिबल संघको आयोजनामा एक‌ साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ। महिलातर्फ पुलिस र न्यु डायमण्ड नेपालमा आयोजना हुने काभा क्लब च्याम्पियन्सका लागि छनोट भैसकेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ