पुलिसलाई हराउँदै महिलातर्फ एभरेष्ट च्याम्पियन

तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लब बुटवलले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ ले  हराउँदै उपाधि जितेको छ ।शनिबार भएको फाइनलमा एभरेष्टले पुलिसलाई १९-२५, २५-२२, २५-१८, २५-१९ ले हराउँदै च्याम्पियन बनेको हो ।

पहिलो सेटमा पुलिसले ४-१ को अग्रता लिए पनि एभरेस्टले उत्कृष्ट पुनरागमनका साथ अघि बढेको थियो । तीन भारतीय खेलाडी जेन्सी जोनसन, केपि अनुश्री, सुर्याले पुलिसलाई दबाबमा राखेका थिए । १६-१६ बराबरी गरेको पुलिसले त्यसपछि २ अंकको अग्रता लिएको थियो ।पुलिसले एभरेस्टको कमजोर रिसिभको फाइदा उठाउँदै २२-१९ ले अघि भएपछि पहिलो सेटमा जितको आधार बनाएको थियो । उषा भन्डारीले लगातार तीन अंक सर्भिसमा जोडेपछि पुलिस २५-१९ ले विजयी भएको थियो । तीन सर्भिसको रिसिभ रिचा थापाले मिस गरेकी थिइन् ।

दोस्रो सेटमा पुलिसले सुरुवातमा ४-१ को अग्रता लिएको थियो । एभरेष्टले पुनरागमन गरेको थियो । ५-५ बराबरीबाट एभरेष्टले लगातार ३ अंक जोडेपछि पुलिसले पहिलो टाइम आउट लिएको थियो ।पुलिसले १६ मा गएर बराबरी गरेको थियो ।  २२ बराबरबाट एभरेष्टले लगातार ३ अंक जोड्दै जित हात पारेको थियो ।तेस्रो सेटको सुरुवातमा एभरेष्टले ६-२ को अग्रता लिएको थियो । सुरुवातमा ५ अंकले पछि परेपछि पुलिसले पहिलो टाइम आउट लिएको थियो । तेस्रो सेटमा एभरेष्टले २५- १८ को सहज जित हात पारेको थियो ।चौथो सेटमा एभरेष्टले १०-६ को राम्रो सुरुवात गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ