राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि दीपक र सन्तोषीलाई

तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेका छन् ।

काठमाडौंमा आज सम्पन्न हाफ म्याराथनमा गतवर्ष विजेता समेत रहेका दीपक अधिकारीले १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै लगातार दोस्रोपटक उपाधि जिते । महिलातर्फको उपाधि वाग्मतीकी सन्तोषी श्रेष्ठले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् ।

उपाधी विजेता अधिकारी र श्रेष्ठले नगद १/१ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको १० किलोमिटर पुरुषतर्फ खुला दौडमा सेनाका मुकेश पालले प्रथम हुँदै स्वर्ण जिते भने नगत ५० हजार पनि हात पारे । पाँच किलोमिटर खुला महिलातर्फ सेनाकै सिर्जना पाण्डे प्रथम हुँदै स्वर्णसहित ३० हजार प्राप्त गरिन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ