राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित

दिल्ली — प्लेअफबाट बाहिरिइसकेका दुई टोलीबीचको खेलमा राजस्थान रोयल्सले मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरी इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवौं स्थानमा रहने पक्का पक्की गरेको छ । चेन्नईले अन्तिम खेलमा गुजरात टाइटन्सलाई ठूलो अन्तरले पराजित गरेमात्र टोलीले राजस्थान उछिन्न सक्छ । अन्यथा पाँच पटकको च्याम्पियन चेन्नई पुछारमै रहनेछ । राजस्थान ८ र चेन्नई ६ अंकसहित पुछारको अन्तिम दुई स्थानमा रहेको छ । टस हारेर ब्याटिङ निम्तो पाएको चेन्नईले १८८–८ को स्कोर बनायो । आयुष महात्रेले २० बलमा ८ चौका र १ छक्कासहित ४३, डेवल्ड ब्रेभिसले २५ बलमा २ चौका र ३ छक्कासहित ४२, शिवम दुबेले ३२ बलमा समान २ चौका र २ छक्कासहित ३९ तथा कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा १६ रन बनायको हो । वैभव सूर्यवंशीले ३३ बलमा ५७ रन बनाएपछि राजस्थानले १७.१ ओभरमै लक्ष्य पूरा गर्‍यो । दिल्लीमा सूर्यवंशीले समान ४ चौका र छक्का प्रहार गरे । कप्तान सन्जु सामसनले ३१ बलमा ३ चौका र २ छक्कासहित ४१ तथा यशस्वी जयसवालले १९ बलमा ५ चौका र २ छक्कासहित ३६ तथा ध्रुव जुरेलले १२ बलमा २ चौका र ३ छक्कासहित अविजित रहदै ३१ रन बनाए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ