गल्फको पहिलो दिन शुक्रबहादुर राई र भुवनकुमार रोक्का संयुक्त रुपमाअगाडि

पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई र भुवनकुमार रोक्का सूर्य नेपाल च्यालेन्ज गल्फको पहिलो दिन संयुक्त रुपमाअगाडि रहेका छन् ।
पार ६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले मंगलबार ७ अन्डर ६१ को उत्कृष्ट स्कोर बनाएका थिए । उनीहरूसँग दिनेश प्रजापति ३ स्ट्रोकले पछि परेका थिए । तेस्रोमा रहेका दिनेशले ४ अन्डर ६४ को स्कोर बनाए । नेपाल नम्बर एक भुवन नगरकोटी ३ अन्डर ६५ सहित चौथो र रामे मगर २ अन्डर ६६ को स्कोरसहित पाँचौं स्थानमा छन् । १ अन्डर ६७ को स्कोरमा प्रदीपकुमार लामा, दीपक मगर, नीरज तामाङ, जयराम श्रेष्ठ र साबिक विजेता रवि खड्का संयुक्त छैटौं स्थानमा रहे । चोटमुक्त भएर दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले उत्कृष्ट पुनरागमन गरे । बोगीरहित कार्ड बनाउने क्रममा तेस्रो र चौथो होलको बर्डीले फ्रन्टनाइन २ अन्डर ३२ मा सके । ब्याकनाइनमा सानदार प्रदर्शनसहित १०, ११, १३, १४ र १५ औं होलमा बर्डी प्रहार गरे । कुल ५ बर्डीले ब्याकनाइन ५ अन्डर २९ मा पूरा गरे । भुवनले प्रभावशाली प्रदर्शनसहित फ्रन्टनाइनमा ५ अन्डर २९ को कार्ड बनाए । उनले पहिलो, चौथो, छैटौं, सातौं र आठौं होलमा बर्डी गरे । यसपछि १०, १३ र १४ औं होलमा एक–एक शट बचाए । १६ औं‌ होलको बोगीले ब्याकनाइन २ अन्डर ३२ मा पूरा गरेका थिए । एमेच्योरतर्फ फुन्सोक नोर्बु लामा र राहुल विश्वकर्मा इभन पार ६८ को स्कोरसहित संयुक्त अगाडि छन् । उनीहरूले बलराम पौडेल र निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले पछि पारे । बलराम र निश्चयले १ ओभर ६९ स्कोर गरे ।
७२ होलको चारदिने यस सिजनको सूर्य नेपाल गल्फ टुरको सातौं प्रतियोगितामा ३६ प्रो र ११ एमेच्योर गरी ४७ खेलाडीको सहभागिता छ । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । शीर्ष २१ प्रो र एमेच्योर खेलाडीले बाँकी ३६ होलका लागि स्थान बनाउने छन् ।

यस प्रतियोगिताको कुल ६ लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिता विजेताले १ लाख १० हजार, दोस्रोले ७० हजार र तेस्रो हुनेले ५० हजार हात पार्नेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ