मोरङ जिल्ला डजबल संघकाे तदर्थ समिति गठन

मोरङ जिल्ला डजबल संघकाे तदर्थ समिति गठन भएको छ। नेपाल डजबल महासंघका संस्थापक महासचिव तथा केन्द्रिय प्रतिनिधी अरुण तिमल्सिनाको अध्यक्षता र मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज बहादुर श्रेष्ठको उपस्थितिमा सोमवार आयोजित भेलाले रेवती रमण दाहालको अध्यक्षतामा नौ सदस्यीय मोरङ जिल्ला डजबल संघकाे तदर्थ समिति गठन गरेको हो।
कार्यसमितिका अन्य पदाधिकारीहरुमा याबुक राई उपाध्यक्ष, दिनेस पौडेल सचिब, सीता श्रेष्ठ कोषाध्यक्ष रहेका छन्। त्यसैगरी समितिका सदस्यहरुमा संचिता भुजेल, लैन बहादुर योञ्जन, म.तरिक अनुवर,प्रेमनाथ माझी र वेद प्रकाश दाहाल सर्वसम्मत भएका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ